प्युठानमा जीप दुर्घटना हुँदा आठ जना घाइते
प्युठान | जेठ २९, २०८०
प्युठान: प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेको हो ।
जीपमा दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जना रहेका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो । जीप सडकबाट खसेको उहाँले बताउनु भयो । उहाँका अनुसार घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कोइरालाले बताउनु भयो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

